मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नगर प्रमुख साम्पाङले दिए राजीनामा

Ujyalosandeshonline 12437+ समाचार ( )
५ माघ २०८२, आइतबार

धरान (सुनसरी) । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजैदेखि लागू हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो ।”साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । उहाँले यहाँ कार्यरत रहँदा श्रमदान अभियान, सुशासन प्रवर्द्धन तथा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । साम्पाङको राजीनामापछि उपप्रमुख अइन्द्रविक्रम बेघाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यवाहकका रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार