मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन

Ujyalosandeshonline 12676+ समाचार ( )
२२ भाद्र २०८३, सोमबार

दाङ । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सोमबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरी विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यस, सभामुख तुलाराम घर्तीमगर सहित प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, मन्त्रालयका सचिव तथा कर्मचारीहरुको सहभागिता थियो ।

सहभागीहरुले दिवंगत प्रति भावपूर्ण श्रद्धाञ्ली र  परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । साथै, बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरुको शीघ्र खोज तथा उद्धारका लागि प्रार्थना गरिएको थियो । रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी लुम्बिनी प्रदेशका २४५ जना नागरिक बेपत्ता भएको र ५ जनाको मृत्यु भएको विवरण आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणी पाण्डेले जानकारी दिनुभयो । बेपत्ता नागरिकका परिवारजन अहिले आफन्तको खोजी र सुरक्षित फिर्तीको प्रतीक्षामा छन् ।

विपद्को यस घडीमा प्रदेश सरकारले प्रभावित परिवारलाई सहयोग, उद्धार तथा खोजी कार्यमा आवश्यक समन्वय गर्दै आएको जनाएको छ । प्रदेश सरकारले प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहत कोषमा तीन करोड रुपैयाँ, मुख्यमन्त्री र मन्त्रीहरुको आधा महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय यस अघिनै गरिसकेको थियो । नारायणी नदीमा बगेर आएका शवहरुको व्यवस्थापन समेत प्रदेश सरकारको सहयोगमा हुदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार