मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास

Ujyalosandeshonline 11566+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका छन् । सोमबार मुख्यमन्त्री सिंहले जनकपुरधाम १४ स्थित मणि मण्डपको पछाडि रहेको गुठीको जग्गामा निर्माण हुन लागेको प्रतिष्ठानको एकेडेमिक भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रम पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री सिंहले भवन निर्माण कार्य सम्पन्न भएपछि शैक्षिक क्रियाकलाप गर्न प्रतिष्ठानलाई सहज हुने बताए । उनले निर्माण हुन लागेको उक्त भवनका लागि अढाई करोडको टेण्डर निकालिएको र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले समय अगावै काम सम्पन्न भए ठेक्केदारलाई इन्सेन्टिभ दिने र समयमा काम गर्न नसके पेनाल्टी लगाउने रणनीति लिएर काम गर्न निर्देशन दिएको बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवले १८ बिघा गुठीको जग्गामा एकेडमिक भवनसंगै, कक्षा कोठा, प्रयोगशाला, अस्पतालको भवन निर्माण हुने जानकारी दिए । उनले यो भवनको निर्माणसंगै प्रतिष्ठानको शैक्षिक गतिविधि बढ्ने नै छ यसका साथै स्वास्थ्य सेवामा समेत आमूल परिवर्तन आउने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार