मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

Ujyalosandeshonline 12431+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति थापाले भन्नुभयो, “कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।”

उहाँले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताउनुभयो । सभापति थापाले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताउनुभयो । उहाँले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो उल्लेख गर्नुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ ।” सभापति थापाले डिजिटल सार्वजनिक सेवा सातै दिन, २४सै घण्टा र सेवामा ढिला सुस्ती भएमा नागरिकलाई क्षतिपूर्तिलगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार