मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

‘संगीतकार गुरुदेव कामतलाई राज्यले चिनेन्’

Ujyalosandeshonline 11566+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं । शास्त्रीय संगीतकार गुरुदेव कामतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शनिबार जमलस्थित नाचघरमा उक्त शोक सभा सम्पन्न भएको हो । 

सभामा कलाकार मदनदास श्रेष्ठले राजनीतिक दलको झण्डा बोक्नेले मात्र अवसर पाउने तर देशको लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले मर्माहत बनाएको बताए । उनले देशमा गीत, संगीतलाई जोगाउने सर्जकहरुलाई सहयोग र उनीहरुको विकासको लागि राज्यले धेरै संस्थाहरु खोले पनि काम नभएकोप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘हाम्रो देशमा गीत, संगीतलाई जोगाइराखेका सर्जकहरुलाई सहयोग र उनीहरुको विकासको लागि राज्यले धेरै संस्थाहरु खोलिएका छन् तर काम भएको छैन् । सबै सर्जकहरुले कुनै न कुनै राजनीतिक दलको झण्डा बोक्नुपर्ने र त्यस्ताले मात्र अवसर पाउने अवस्था छ । देशका लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले दुखित बनाएको छ ।’

राज्य र सरकारले यस्तो सर्जकहरुको लागि सोचेको भए कामतले अझै देशको लागि धेरै योगदान दिनसक्ने पनि उनको भनाई छ । 

कामतको बिहीबार बिहान निजी निवास सिरहामा निधन भएको हो । ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए । मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा घरमा पुगेका थिए ।

नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार