मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग

Ujyalosandeshonline 12674+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । देशभर फैलिएको भ्रष्टाचार, कानुनी शासनको उपेक्षा, सामाजिक सञ्जालमाथिको अंकुश तथा अभिव्यक्ति स्वतन्त्रताको दमनका विरुद्ध युवा पुस्ता ‘जेनजी’ले आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले गरेको ‘बर्बर दमन’को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा शब्दमा निन्दा गरेको छ ।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो चरणमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दछौँ , आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् ।’

रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गर्दै गृहमन्त्रीसहित घटनामा संलग्न सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । पार्टीले निर्दोष युवाहरूको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव बुर्लाकोटीले वर्तमान सरकारलाई ‘वैधता गुमाइसकेको’ दाबी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको संघीय संसद राष्ट्रिय समस्याको समाधान दिन असमर्थ भएको निष्कर्षमा पार्टी पुगेको जनाएका छन् । सोही आधारमा रास्वपाले ताजा जनादेश (पूर्वनिर्वाचन) को माग समेत सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो आततायी शासनको अब जनप्रतिवाद हुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार