मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक भयो : अध्यक्ष नेपाल

Ujyalosandeshonline 11566+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको बताएका छन् । समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने बताएका हुन् । 

उनले भने,‘ दुई पार्टी सत्तामा छन्, उनीहरुमा दम्भ सवार भएको छ । त्यो दम्भ सवार भएकाले संविधान, कानून, सबै जे पनि मिच्न सकिन्छ भन्ने मान्यता विकास भएको छ । कतिपयलाई मूर्ख बनाउन सकिन्छ भनेर मूर्ख बनाउने काम पनि विगतमा गरेका छन् । तर असत्य धेरै दिन टिक्दैन । सबैलाई थाहा छ । संसदको समितिमा विचाराधिन भएका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । कानूनको खुलेआम उलङघन गरेर सरकार अगाडि बढेको छ । कानूनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक हुन पुगेको छ ।’

उनले संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर अध्यादेश ल्याउने काम गर्नुको पछाडि राम्रो नियत नभएको पनि बताए । 

उनले भने,‘संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने त्यसको प्रक्रियाबाट जानुपर्नेमा संसद नै छलेर संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ । यसका पछाडि राम्रो नियत देखिदैन ।’ उनले पार्टीबाट जानेहरु घर न घाटको भएको भन्दै समय मिलाएर कसैले थाहा नपाउने गरी भेट्ने कुरा भएको पनि बताए ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार