नवलपरासीमा माओवादी उम्मेदवारमाथि हातपात गर्ने थप तीन जना पक्राउ

Ujyalosandeshonline 11571+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ जमुनियामा निर्वाचन प्रचारप्रसारका क्रममा नेकपा (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत फागुन ५ गते उम्मेदवारसहितको टोलीमाथि आक्रमण गरी फरार रहेका बर्दघाट–१३ धनेवाका २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राम मिजार (राज बि.सी.) लाई प्रहरीले उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बीर दत्त पन्तका अनुसार पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार