मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

राष्ट्रिय सभा निर्वाचन : गठबन्धन जिताउन शीर्ष नेताले साझा अपिल गर्ने

Ujyalosandeshonline 12437+ समाचार ( )
२९ पौष २०८०, आइतबार

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल गर्ने भएका छन् ।

आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन् । सबै मतदाता राजनीतिक दलकातर्फ बाटै निर्वाचित भएका हुने भएपनि गोप्य मतदान हुने भएकाले गठबन्धनले निर्वाचन परिचालनलाई विशेष महत्व दिएको छ ।

त्यहीकारण गठबन्धनका उम्मेदवारलाई निर्वार्चित गराउन शीर्ष नेताहरूले नै सार्वजनिक आह्वान गर्ने तयारी छ । शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वकोे निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

आइतबार गठबन्धनको बैठक बस्दैछ । समितिका एक सदस्यले भने, ‘यो बैठकपछि नेताहरूले सार्वजनिक अपिल गर्नुहुन्छ ।’ गठबन्धनले प्रदेश र जिल्लास्तरमा समेत राष्ट्रिय सभा निर्वाचन समन्वय समिति गठन गरेको छ भने शीर्ष नेताहरू समेत निर्वाचनका लागि प्रदेशमा खटिने तयारी छ ।

यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार