जसपा नेपालले तोक्यो केन्द्रीय समिति निर्वाचन मिति

Ujyalosandeshonline 11541+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ । जसपाले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो । 

बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै जसपा नेपालले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार पारेको जानकारी दिएको हो । 

केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गरी त्यसैदिन ४ बजेसम्म निर्णय गरिसक्ने जसपाले जनाएको छ । 

त्यसपछि २९ गते नै उम्मेदवारको नामावली साँझ ५ बजेसम्म प्रकाशित गर्ने, ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको कार्यतालिकामा उल्लेख छ । जेठ २९ गते राति ८ बजेदेखि १० बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको मतगणणा सुरु हुने छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार