मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अन्तराष्ट्रिय योग दिवसको अवसरमा धकधईमा योग शिविर

Ujyalosandeshonline 12437+ समाचार ( )
८ असार २०८१, शुक्रबार

भैरहवा । दशौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा धकधईमा पनि योग शिविर सञ्चालन भएको छ । रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार एक दिने शिविर सम्पन्न भएको हो । 

“गरौ योग रहौ निरोग“ भन्ने नारा सहित अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित शिविरमा अन्तराष्ट्रिय योग शिक्षिका ललिता चौधरीले प्रशिक्षण दिएकी थिईन । योगमा स्वर्णपदक विजेता उनले भैरहवामा ललिता योग केन्द्र सञ्चालन गर्दै आएकी छिन । 

योग भनेको जोडिनु र जोडनु रहेको हुदा योगको मार्फतबाट विश्व नै एक आपसमा जोडिने मौका पाएको उनले बताईन । उनले बालबालिकाहरुलाई अनुशासन सिकाउन योगको महत्वपूण भूमिका रहेको हुदा बालबालिका देखि वृद्ध सम्मलाई योग आवश्यक रहेको बताईन । योग शारिरीक तथा मानसिक अवश्थालाई आराम दिन योग महत्वपूर्ण भूमिका रहेको उनले बताईन । 

यस्तै रोहिणी योग केन्द्रका सञ्जय कौशलले योगले निरोगी बनाउने हुदा नित्य योग गरिरहनु पर्ने बताए ।  उनले जिवनलाई स्वास्थ्य र सार्थक बनाएको बताए । उनले रोहिणी योग केन्द्रको सहजीकरणमा निशुल्क रुपमा दैनिक योग कक्षाहरु सञ्चालन भई रहेको जानकारी समेत दिए । 

योग शिविरमा बिद्यालयका व्यवस्थापन समिति, शिक्षक, शिक्षिका, स्थानिय समेत गरि पचास जना भन्दा बढीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार