मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले अफिम सहित युवकलाई पक्राउ गरेको हो ।

जिल्ला धादिङ गजुरी नगरपालिका –४ बस्ने बर्ष २६ को राजन चेपाङलाई पक्राउ गरिएको प्रहरी चौकी पथलैयाका प्र.स.नि.अमृत मैनालीले जानकारी दिए । उनका अनुसार धादिङबाट वीरगंज तर्फ जादै गरेको  प्र ०३–०३–००१ प ५२७३  नम्बरको  मोटरसाईकल शंकास्पद लागि रोकी चेकजाँच गर्दा अफिम फेला परेको हो ।

मोटरसाईकलमा लुकाई छिपाई कालो झोलामा ३ वटा गोला बनाएर राखिएको अवस्थामा बरामद गरिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा सवारी  रोकी चेकजाँच गर्दा लागूऔषध अफिम सहित चेपाङलाई पक्राउ गरिएको  हो । लागूऔषध अफिम सहित पक्राउ परेका चेपाङलाई आवश्यक कानूनी प्रक्रियाको लागि अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार