मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नेपाल प्रहरी श्रीमती सङ्घद्वारा रूपन्देहीको सिद्धार्थ बालगृहमा खाद्यान्न वितरण तथा भोजनदान

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ माघ २०८२, बुधवार

रूपन्देही । नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा रूपन्देहीस्थित सिद्धार्थ बालगृहमा आश्रित अनाथ बालबालिकाका लागि भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना खत्री कार्कीले अनाथ बालबालिकाको सेवा गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्यका लागि सङ्घ सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले प्रहरी परिवार खुसी भए मात्र प्रहरीले आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न सक्ने धारणा राख्दै सङ्घले प्रहरी परिवारको शिक्षा, स्वास्थ्य र रोजगारका साथै समाजका असहाय, वृद्धवृद्धा तथा महिलाहरूको हितमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

सो अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशकी अध्यक्ष पूजा खत्रीले सङ्घले प्रहरी र समाजबीचको सहकार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो भने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक जनक शाहीले श्रीमती सङ्घले सामाजिक सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो। कार्यक्रममा स्थानीय सङ्घ–संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार