मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

युनाइटेड नेपाली डायस्पोरामा नयाँ नेतृत्व

Ujyalosandeshonline 11566+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

काठमाडौँ । प्रवासका नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडीओ)को सभापतिमा सोनाम लामा चयन भएका छन् । सम्पन्न निर्वाचनमा नेपाली मुलका अमेरिकी लामा सर्वसम्मत चयन भएका हुन् ।

महासचिवमा भने अष्ट्रेलियाका कुशल केसी चयन भएका छन् । उनी यसअघिको तदर्थ समितिमा कोषाध्यक्ष थिए । उपसभापतिमा प्रेम गाहा मगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमा देबी लिम्बु र यम कुमार गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् । यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा शनिबारदेखि काठमाडौँमा सुरु भएको थियो ।

महाधिवेशनका लागि विश्वभरबाट प्रवासी नेपालीहरु काठमाडौं आएका थिए । गैर आवासीय नेपाली संघ(एनआरएनए)विभाजित भएपछि एन आर एन एकै अभियन्ताहरुले स्थापना गरेको यूएनडीयो महाधिवेशनमा एन आर एन एकै पूर्वअध्यक्ष शेष घले, अभियन्ता जमुना घले, पूर्वउपाध्यक्ष सोनाम लामा लगायत संस्थाको प्रवद्र्धनमा सहयोग गर्दै आएका थिए ।

‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ सुरु भएको महाधिवेशनमा विभिन्न विषयमा प्यानल डिस्कसन चलाइएको थियो । मार्च २०२२ मा काठमाडौंमा गैरआवासीय नेपाली संघका अग्रज एवम अभियन्ताहरुको अगुवाइमा यूएनडिओ नामको संस्था स्थापना गर्नुपर्ने निष्कर्षमा संस्था स्थापना गरिएको थियो ।

दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लागेको र कानुनी रुपमा सर्वोच्च अदालतमा ढोका ढकढक्याउँदा यूएनडिओ नामको संस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश अनुसार संस्था दर्ता प्रक्रिया अघि बढेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार