मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ असार २०८१, सोमबार

काठमाडौं । अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालक पक्राउ परेका छन् । असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जुम्ला घर भई तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरूङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन् ।

उनीसहित तीन जना साथीहरू गोंगबुबाट हात्तीवन जान लागेका थिए ।  तेज रावलसहित तीन जनाले अफलाइन राइड गरी अनुसहितलाई लग्दै थिए । जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् । 

मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सिबिएट मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो । ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा असार १८ गते मृत्यु भएको थियो ।

दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट फरार भएका थिए । पछि प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त अपरेसन गरी तीन जनालाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार