मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

मुगुमा पहिलो पटक सेयर बजारबारे साक्षात्कार

Ujyalosandeshonline 11540+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा पहिलो पटक पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । सदरमुकाममा रहेको होटल मुनलाइटमा नेपाल धितोपत्र बोर्डको आयोजना, उद्योग वाणिज्य संघको सहजीकरणमा पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । 

पछिल्लो समय सेयर बजारमा प्रतिदिन आर्कषण बढेपनि साक्षरता अभावले अन्यौलता सिर्जना भएपछि बोर्डले वित्तीय साक्षरता सञ्चालन गरेको हो । पूँजी बजारलाई व्यवस्थित गर्न, साना तथा ठूला लगानीकर्ताको हक हित संरक्षण तथा पूँजी बजारको विकासमा टेवा पुर्याउने उद्देश्यले मुगुलगायत कर्णाली प्रदेशका  जिल्ला जिल्लामा पुगेर धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको नेपाल धितोपत्र बोर्डले जानकारी गराएको छ ।

कार्यक्रममा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले शैक्षिक रुपमा नागरिक साक्षर भएपनि सेयर बजारबारे अन्यौलता धेरै भएको हुँदा वित्तीय साक्षरता आवश्यक रहेको बताए । शेयर पूँजी कस्तो ठाँउमा लगाउने कसरी लगाउने यसका फाइदा र घाटा लक्ष्य, उद्देश्यलगायतका बिषयमा हिमाली जिल्ला तथा ग्रामीण भेगका लगानीकर्ता वित्तीय साक्षरताको पहुँचमा नरहेको उनले बताए । 

सेयर आवेदन भर्नेदेखि खरिद विक्रीलगायतका पक्षमा उस्तै समस्या देखिएको हुँदा मुगु उद्योग बाणिज्य संघसंग सहकार्य गरेर जनचेतना जगाउने काम गरेको बताए । मुगुमा ठूला लगानीकर्ता नभएपनि साना लगानीकर्ताको लगानी जोखिममा पर्न नदिन साक्षरता आवश्यक छ’ उपकार्यकारी निर्देशक देवकोटाले भने ‘नेप्से परिसूचक, धितोपत्र बजार, लगानीकर्ताको सुरक्षा,वस्तु विनिमय लगायतका विषयमा जानकारी गराउन पनि जोड दिएका छौं।’ 

पछिल्लो समयमा राम्ररी नबुझेर हचुवामा लगानी गर्ने प्रचलन बढेकाले धितोपत्र बोर्डले जिल्ला जिल्लामा पुगेर साक्षारताका कार्यक्रम गरिरहेको उल्लेख गरे । पूँजी बजार र मुद्रा बजारबारे व्यापक जनचेतना अभिवृद्धि हुनु पर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार