मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ मंगशिर २०८२, आइतबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता, गौरव र स्थायीत्वपूर्ण शान्तिका काम गर्नुपर्ने बताएका छन् । आइतबार आयोजित पार्टीको ११औं राष्ट्रिय महाधिवेशनसम्बन्धी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल ऐतिहासिक र स्वतन्त्र पहिचानयुक्त राष्ट्र भएकाले यसले आफ्नो राष्ट्रिय गौरव जोगाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘यो देश एउटा ऐतिहासिक र स्वतन्त्र देश हो । राष्ट्रिय गौरव कायम राखेर देश अगाडि बढ्छ भन्ने आशाका साथ अघि बढ्छौं । देशले शान्ति कायम गर्छ,’उनले भने । यसैगरी महाधिवेशनमा हुने निर्वाचन प्रक्रियाबारे बोल्दै अध्यक्ष ओलीले मतदान नहोस् वा सर्वसम्मतिको नाममा प्रतिस्पर्धा रोकियोस् भन्ने आशंका बेकार भएको स्पष्ट बताए ।

उनले एमालेमा खुला प्रतिस्पर्धा सुनिश्चित हुने बताए । ‘महाधिवेशनमा मतदान हुन्छ । कसैले कसैलाई रोक्ने, मतदान हुन नदिने भन्ने कुरा हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ,’ओलीले भने । केन्द्रीय कमिटीमा इच्छुक नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन पाउने उल्लेख गर्दै उनले पार्टीका कार्यकर्ता नै सार्वभौम प्रतिनिधि भएकाले रोकथाम वा दबाबका प्रयास सफल नहुने बताए ।

उनले भने ‘महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर यसरी सर्वसहमतिका नाममा कसैलाई अघि आउन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने त्यस्तो खालको कुरा हुँदै होइन, रोक्नेसोक्ने कुनै काम हुँदैन । प्रतिस्पर्धा खुला हुन्छ । केन्द्रीय कमिटीमा थुप्रै साथीहरूलाई इच्छा हुनसक्छ, त्यसमा रोक्न सकिन्नँ । सार्वभौम कार्यकर्ताका सार्वभौम प्रतिनिधि हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार