मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन ८ को उपाधि बेलाल टूर ट्राभेललाई

अन्जना चौहान 5+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका–स्थित पडरिया क्षेत्रमा भव्य रूपमा आयोजना गरिएको इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल (PLPL) सिजन ८ को उपाधि बेलाल टूर ट्राभेलले हात पारेको छ । लुम्बिनी नव युवा क्लबको आयोजनामा सञ्चालित यस प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा टीसिसी सनाईलाई पराजित गर्दै बेलाल टूर ट्राभेल च्याम्पियन बनेको हो । उपाधिसँगै बेलाल टूर ट्राभेलले नगद ३ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको टिटि सनईले नगद १ लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रशंसा पत्र प्राप्त गरेको छ ।

फेब्रुअरी ५, २०२६ मा ग्रान्ड फाइनलसहित सम्पन्न भएको यस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेश सरकारका खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेलकुदको सर्वाङ्गीण विकासका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको र पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस्ता स्थानीय तथा अन्तरदेशीय क्रिकेट प्रतियोगिताले युवाहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै लुकेका नयाँ प्रतिभाहरूलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेन खानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो । कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष इनामुल्लाह फकिर, वडा नं. १ का अध्यक्ष सुरज कलवार, वडा नं. ३ का अध्यक्ष अक्रामुद्दीन, वडा नं. ४ का अध्यक्ष विनोद कुमार श्रीवास्तव र वडा नं. ५ का अध्यक्ष खुर्सेद आलम मुसलमानको गरिमामय उपस्थिति रहेको थियो ।

समारोहमा समाजसेवीहरू इमतियाज खान, अब्दुल मोइद खान, वजिहुद्दीन खान, भारतीय अतिथि इमतियाज खान लगायत स्थानीय गन्यमान्य व्यक्तित्व तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ऐतिहासिक र भव्य रूपमा सम्पन्न यस प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद सम्बन्धलाई थप प्रगाढ बनाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार