मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

कोटहीमाई गाउँपालिकामा कित्ताकाट सुरु

Ujyalosandeshonline 12678+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कित्ताकाट सुरु भएको छ । कित्ताकाटको लागि आवश्यक प्रक्रिया र कागजातहरु गाउँपालिकाले बिहीबार एक कार्यक्रमकाबीच ईलाका मालपोत कार्यालय मझगावाँ र नापी कार्यालय मझगावाँलाई हस्तान्तरण गरेको हो ।

२०७९ साल जेठदेखि बन्द रहेको कित्ताकाटको आवश्यक प्रक्रिया तथा कागजातहरु शुक्रबारदेखि काम हुने गरी बिहीबार गाउँपालिकामा कागजातहरु हस्तान्तरण गरिएको  हो । कृषि, आवास लगायतमा जग्गा वर्गीकरणको सम्पूर्ण कागजात तयारीपछि ईलाका मालपोत कार्यालय मझगावाँका प्रमुख तिलक रावत र नापी कार्यालय मझगावाँका प्रमुख श्यामसुन्दर चौधरीलाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष त्रिपाठीले गाउँपालिकामा आफ्नो क्षेत्राधिकारभित्रको जग्गा कृषि, व्यवसायिक र आवासीय क्षेत्रतर्फ, औद्योगिक क्षेत्रतर्फ, खानी तथा खनिज क्षेत्रतर्फ, वन क्षेत्रतर्फ, सार्वजनिक उपयोग क्षेत्रतर्फ, नदी, खोला, ताल, सिमसार क्षेत्रतर्फ, साँस्कृतिक महत्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछन् । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए । भट्टराईले भने, ‘जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्व समेत प्रभावित हुन पुगेको थियो ।’ अब आम नागरिकले सेवा पाउनुको साथै राजस्वमा पनि वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बातए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार