मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा मरियम नवाज निर्वाचित

Ujyalosandeshonline 11564+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

काठमाडौं । पाकिस्तानका पूर्वमुख्यमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् ।

मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बन्दै इतिहास पनि रचिन् । मरियम नवाजले २२० मत प्राप्त गर्दै सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार राना अफताब अहमदलाई पराजित गरिन् । 

सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले मतदान बहिष्कार गरेका थिए ।  त्यसैले राणा अफताब अहमदले कुनै मत प्राप्त गरेनन् ।

संख्याका अनुसार मरियम नवाज पञ्जाबको मुख्यमन्त्री बन्ने निश्चित थियो । पञ्जाब विधानसभाका अध्यक्ष मलिक अहमद खानले मुख्यमन्त्री पदका लागि मात्र मतदान हुने र कुनै पनि सभासदलाई बोल्ने मौका नदिने स्पष्ट पारेका थिए ।

त्यसपछि भएको मतदानमा मरियम नवाज सहजै विजयी भएकी हुन् । यसअघि पञ्जाब विधानसभाका सदस्यहरुको सपथ ग्रहण समारोह भएको थियो, जसमा ३७१ मध्ये ३२१ जनाले सपथ लिएका थिए ।

पञ्जाब विधानसभाको सभामुख र उपसभामुखको निर्वाचनमा पनि नवाज सरिफको पार्टी पीएमएल–एन विजयी भएको छ ।

पीएमएल–एनका मलिक मोहम्मद अहमद खानले २२४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका छन् । उपसभामुखमा मलिक जहीर चनेरले २२० मत पाएका छन् ।

मरियम नवाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । मरियम नवाजले सन् १९९२ मा सफदर अवानसँग विवाह गरेकी थिइन् । सफदर अवान पाकिस्तानी सेनामा कप्तान भइसकेका छन् । 

सफदर अवान नवाज सरिफका सुरक्षा अधिकारी पनि थिए । मरियम नवाजका तीन सन्तान छन् । मरियम नवाज २०१२ मा राजनीतिमा प्रवेश गरिन् र आफ्नो बुबा सँग काम गरिन् । मरियम नवाज सन् २०२४ को आम चुनावमा पहिलो पटक पाकिस्तानको नेशनल एसेम्बली र पञ्जाब एसेम्बलीमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार