मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै

Ujyalosandeshonline 11564+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

लुम्बिनी । लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको जेठ १६ गते शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहकाबीच उद्घाटन गर्नुहुनेछ ।

लुम्बिनी, गौतमबुद्धको जन्मभूमि र विश्वसम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रुपमा रहेको विश्वविद्यालयले जनाएको छ । यो शिखर सम्मेलनले बुद्धले प्रदान गरेका शिक्षाको प्रचारमा मात्र नभइ लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति, र आर्थिक विकासमा पनि योगदान पुर्याउने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताउनुभयो । 

उहाँका अनुसार दुई दिनसम्म चल्ने शिखर सम्मेलनको उद्देश्य बौद्ध शिक्षालाई आर्थिक विकास र सामाजिक समृद्धिसँग जोड्नु समेत रहेको छ । सम्मेलनमा बौद्ध धर्मका सिद्धान्तहरूलाई आधार मान्दै, स्थायी विकास, पर्यटन प्रवद्र्धन र आर्थिक सहयोगका अवसरहरूमा छलफल गरिनेछ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा हुन लागेको सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञहरु, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहनेछ । 

बुद्धको अर्थतन्त्रप्रतिको अवधारणा कुनै विशेष सिद्धान्त वा प्रणालीमा सीमित छैन, तर यो नैतिकता, मानव कल्याण, र सन्तुलित जीवनमा आधारित छ । यो अवधारणा समकालीन आर्थिक समस्याहरू, जस्तै–असमानता, गरीबी, पर्यावरणीय क्षति र उपभोक्तावाद, समाधान गर्न महत्वपूर्ण आधार प्रस्तुत गर्न सक्छ । यिनै शिक्षाहरूको गहन अध्ययन र प्रयोगलाई प्रोत्साहित गर्न शिखर सम्मेलन गर्ने योजना बनाइएको लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार यस सम्मेलनको मुख्य उद्देश्य आर्थिक व्यवस्थामा बुद्धका उपदेशहरुको महत्वबारे गहन छलफल गर्ने, समकालीन आर्थिक चुनौतीको समाधानका लागि बुद्धको शिक्षाको प्रयोगबारे बहस गर्ने र बौद्ध दर्शनको आर्थिक विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने हो । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध आर्थिक अवधारणालाई अनुसन्धान, शिक्षा, र विकाससँग समाहित गर्दै लुम्बिनीलाई एक आध्यात्मिक र समृद्ध आर्थिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यमा प्रतिबद्ध रहेकाले यस सम्मेलनमार्फत आउने विचार, सल्लाह र सहकार्यले लुम्बिनी क्षेत्रको समग्र विकासमा नयाँ आयाम थपिने विश्वविद्यालयको विश्वास छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार