मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

विदेशिएका युवालाई फर्काउनुपर्ने बेला आएको छ : मन्त्री भण्डारी

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशिएका युवाहरुलाई फर्काउने बेला भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघको २८औँ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताएका हुन् । 

उनले भने, ‘अरु देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिलेसम्म रहन्छ ? अब हाम्रा दक्ष जनशक्तिलाई नेपालमै श्रम र रोजगारीको वातावरण श्रृजना गर्नुपर्छ ।सरकार प्रतिवद्ध भएर लागेको छ । मन्त्रालयले स्टार्टअप नेशन २०३० लगायतका युवा लक्षित केहि कार्यक्रम ल्याएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने भूमिका शैक्षिक जगतका व्यक्तिहरुको पनि हो ।’

मन्त्री भण्डारीले नेपाल शैक्षिक केन्द्रको हव बन्न सक्ने भन्दै उत्पादन र उत्पादकत्वलाई विश्व बजारमा निर्यात गर्नुपर्ने बताए । नेपालका व्यवसायीले उत्पादन गरेका वस्तु खपतका लागि छिमेकी मुलुक भारत र चीनसँग सहकार्य गर्ने बताए । 

नयाँ सोच र चिन्तनहरुमा राज्यको सहयोग र समर्थन रहने मन्त्री भण्डारीको भनाई छ । सरकारले युवाहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताए ।

मन्त्री भण्डारीले लगानी सम्मेलनका क्रममा पूँजी र प्रविधि भित्र्याउने तयारी गरेको बताए । उनले ज्ञान सीप प्राप्त गरेका जनशक्तिहरुलाई नेपाल फर्काउने अभियानमा शैक्षिक परामर्श संघको भूमिका रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार