मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

भोलि देखि भैरहवामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेशस्तरीय प्रशिक्षण

Ujyalosandeshonline 11566+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

भैरहवा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक कार्यक्रम गर्न लागिएको छ । भैरहवामा आयोजना गरिएको उक्त कार्यक्रम फागुन ९ र १० गते (दुई दिन) संचालन हुने आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठा संयोजक तथा पूर्वउपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले उद्घाटन गर्ने बताइएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट २ सय जना प्रशिक्षार्थीहरुको सहभागीता रहनेछ ।

‘विभिन्न सातवटा विषयमा सातजना प्रशिक्षकले सहजीकरण गर्नुहुनेछ’,उनले भने,‘लुम्बिनी प्रदेशभित्रका जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य र प्रदेश कार्यसमितिको क्षमता अभिवृद्धि एवं सशक्तिकरण प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदैछ। प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले पालिका र वडास्तरमा पुगेर अन्यलाई प्रशिक्षण दिने उनले बताए ।

‘नयाँ पुस्ताको मनोविज्ञानलाई आत्मसात गर्दै उनीहरुलाई लोकतान्त्रिक सिद्वान्त र आचरणका आधारमा प्रशिक्षित गरी सक्षम, अनुशासित, कर्मशील, उद्यमशील, इमानदार, नैतिकवान, असल मानिस, असल लोकतन्त्रवादी र असल कांग्रेसका रुपमा विकास गर्नु आवश्यक छ’,उनले भने,‘यही आवश्यकतालाई अनुभव गरी महासंघले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म (आदिवासी जनजाति) जागरण अभियानमार्फत प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।’

महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले प्रशिक्षण कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा आबद्ध विभिन्न जातीय संगठनसहित लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका अन्य भातृ संगठनका नेता–कार्यकर्ताहरु पनि सहभागी हुने जानकारी दिइन् ।

‘पहिचान, पहुँच र प्रतिनिधित्व संगठन, व्यवस्थापन र प्रशिक्षण’, भन्ने मूल नाराका साथ कार्यक्रम हुन लागेको नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष नर बहादुर थापा (सुरज) ले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार