मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

न्यौपाने परिवारद्वारा भानुलाई दुई कोठाको भवन हस्तान्तरण

Ujyalosandeshonline 11564+ समाचार ( )
८ माघ २०८०, सोमबार

भैरहवा । भैरहवाको भानु माध्यमिक बिद्यालयमा निर्माण भएको दुई सटर सहितको भवन न्यौपाने परिवारले बिद्यालयलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि कुन्ती देवी न्यौपानेले उक्त भवन बिद्यालयलाई हस्तान्तरण गरेकी हुन् । 

लिलाराम–कुन्तीदेवी प्रतिष्ठान स्थापना गरि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको यो परिवारले बिद्यालय भवन भने ब्यक्तिगत लगानीमा तयार गरेको हो । १० लाख रुपैया लागतमा तयार भएको भवन बिद्यालयको आय बढाउने गरि ब्यपारीक प्रयोजनमा ल्याईने बिद्यालयका प्रधान अध्यापक मोतीलाल सुवेदीले बताए । उनले २०३३ सालमा स्थापना भएको भानु माध्यमिक बिद्यालयमा स्थापनाकाल देखि नै न्यौपाने परिवारको सहयोग रहदै आएको बताए । 

कार्यक्रममा बोल्दै बिष्णु प्रसाद न्यौपाने ले लिलाराम–कुन्तीदेवी प्रतिष्ठानले स्वास्थ्य र शिक्षामा लगानी गर्दै आएको बताए । उनले नया स्वास्थ्य संस्था र बिद्यालय बनाउनु भन्दा भएकै स्वास्थ्य संस्था र बिद्यालयलाई सहयोग गरि अझ राम्रो बनाउने प्रयास गरिएको बताए । 

भैरहवाको भीम अस्पतालको अकास्मिक कक्ष यसै प्रष्ठिानद्वारा निर्मित भएको हो । अहिले परासीमा पनि प्रतिष्ठानले अस्पताललाई सहयोग गरिरहेको छ । यस बाहेक भैरहवाको बिभिन्न बिद्यालयहरुमा बिद्यार्थीहरुको शैक्षिक अवश्था सुधार्न छात्रवृत्तिमा पनि प्रतिष्ठानले सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार