मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रदेशस्तरीय छनोट खेल खेल्न जान लागेको रूपन्देहीको महिला क्रिकेट टिमलाई विदाइ

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रदेशस्तरीय छनोट खेलका लागि रुपन्देहीको टिम दाङको लमहीतर्फ प्रस्थान गरेको छ । लुम्बिनी प्रदेशस्तरीय छनोट खेलका लागि रुपन्देही क्रिकेट संघले जिल्लास्तरीय टिम छनोट गरेको थियो ।

बिहीबार छनोट खेल खेल्ने जाने जिल्लाको टिमलाई सिद्धार्थनगर नगरपालिका प्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धीरज अधिकारी क्षेत्री, कोषाध्यक्ष निरजप्रताप खाँण, संघका पदाधिकारी तथा सदस्य र प्रशिक्षकले विदाई गरे ।

महिला खेलाडीलाई विदाई गर्दै उनीहरुले सफलता शुभकामना व्यक्त गरे । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आगामी महिना धनगढीमा हुँदैछ । लमहीमा लुम्बिनी प्रदेशका सबै जिल्लाका टिमबीच प्रतिस्पर्धा गराई त्यसबाट उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने छ ।

रुपन्देही जिल्लाको टिममा सरु तिवारी (कप्तान), श्रुती बुद्धथोकी (विकेटकिपर), कृति अधिकारी, अन्जी पाठक, सन्ध्या चापागाईं, कविता खड्का, आँचल मगर, सीमा थापा, ममता जी.सी., बिपना खत्री, आराध्या अर्याल, सलिना नेपाली, आबिदा पठान र मनिता नेपाली छन् । यस्तै, अतिरिक्त खेलाडीहरूमा अंकिता यादव, सुहानीकुमारी अग्रहरी, बन्दना गौतम र अनुष्का शाही रहेको संघका कार्यबाहक अध्यक्ष क्षेत्रीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार