मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

ज्योतिष भन्छन्– २०२६ सम्म सलमानको ग्रह खराब

Ujyalosandeshonline 11540+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

मुम्बई । अभिनेता सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर हालै फायरिङ भएपछि उनका फ्यानहरु सलमानको सुरक्षालाई लिएर चिन्तित छन् ।

यो घटनापछि मुम्बई प्रहरी सक्रिय भएर घटनासँग सम्बन्धित दुई आक्रमणकारीलाई पक्राउ गरिसकेको छ । ग्याङस्टार लरेन्स विश्नोईका भाई अनमोलले घटनाको जिम्मेवारी लिइसकेका छन् ।

सलमानले आफूलाई सन्तुलित राखे पनि उनी परिवार र वृद्ध आमाबाबु प्रति चिन्तित छन् । उनका पिता सलिम खानले सलमानलाई बस्ने ठाउँ परिवर्तन गर्न सुझाव दिएको समाचार पनि सार्वजनिक भएका छन् ।

घटनापछि सलमानका फ्यानले उच्च सुरक्षाको माग गरिरहेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्डेले घटनापछि सलमानसँग भेट गरेका छन् ।

यही बीचमा बलिउडका सेलिब्रेटी ज्योतिष पण्डित जगन्नाथ गुरुजीले सलमानको ग्रहको स्थितिको अध्ययन गर्दै उनको कमजोरी औल्याएका छन् ।

ज्योतिष गुरुजीका अनुसार करियरका हिसाबले सलमानको ग्रह बलियो छ । तर व्यक्तिगत जीवन भने चिन्ता र नकारात्मक कुराले भरिएको छ ।

गुरुजीले अझै पनि सलमानको लागि खतरा रहने भन्दै व्यक्तिगत सुरक्षा बढाउन सुझाव दिएका छन् । उनले परिवारका सदस्यका लागि पनि सुरक्षा बढाउन भनेका छन् ।

ज्योतिष गुरुजीले सलमान र उनको परिवारलाई सन् २०२६ सम्म सुरक्षित रहन सल्लाह दिएका छन् ।

उनको जन्मकुण्डलीका धेरै घरहरुमा जोखिम उच्च रहेको ज्योतिषको भनाई छ । ग्रह र ताराहरुको खराब अवस्थाले पनि सलमान र उनको परिवारले थप सावधानी अपनाउनुपर्ने देखिएको ज्योतिषले उल्लेख गरेका छन् ।

सन् २०२७ को मध्यदेखि भने उनको जन्मकुण्डलीको प्रमुख नकारात्मक कुराहरु हराएर सकारात्मक अवस्था आउने दाबी ज्योतिषको छ ।

ज्योतिष गुरुजीका अनुसार सलमानको जन्मकुण्डलीमा सन् २०२४ मा मंगल, राहु र शनीको प्रभाव बढी भएको उनका लागि राम्रो अवस्था छैन । मंगलको राहुसँगको सम्बन्धले तनाव र चिन्ताको अवस्था देखिएको यो समयवाधिमा सलमानले आफूलाई असहज महशुस गर्नेछन् । यी दुई ग्रहको मिलनले मानिसको जीवनमा अशान्ति ल्याउने सर्वविदितै छ । ज्योतिष गुरुजीले सलमानलाई केही समयका लागि यात्रा नगर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार