मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मालारानी गाउँपालिका वडा नं. २ ‘पूर्ण सरसफाइ उन्मुख वडा’ घोषणा

Ujyalosandeshonline 12431+ समाचार ( )
६ पौष २०८२, आइतबार

मालारानी । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ लाई एक विशेष समारोहका बीच ‘पूर्ण सरसफाइ उन्मुख वडा’ घोषणा गरिएको छ। गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराईले उक्त घोषणा गर्दै यस ऐतिहासिक उपलब्धिलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण वडावासी, सामाजिक अभियन्ता र सरोकारवालाहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो।

सो अवसरमा अध्यक्ष भट्टराईले यो सफलता रातारात प्राप्त नभई लामो समयदेखिको निरन्तर प्रयास, सामाजिक जागरण र नागरिकको सोचमा आएको सकारात्मक परिवर्तनको परिणाम भएको बताउनुभयो। यसअघि नै खुल्ला दिसामुक्त र सुधारिएको चुलोयुक्त वडा बनिसकेको यस क्षेत्रले अब सरसफाइको नयाँ मापदण्ड पूरा गरेर आफ्नो पहिचानलाई थप मर्यादित बनाएको उहाँको भनाइ थियो।

वडाको समग्र विकासमा नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारी निकै प्रभावकारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले ‘इच’ (EACH) परियोजनामार्फत ८ वटा खानेपानी योजना, स्वास्थ्य भवन निर्माण, विद्यालयहरूलाई ‘तीन तारा’ बनाउने अभियान र फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट तथा रिचार्ज पोखरी निर्माण जस्ता महत्वपूर्ण पूर्वाधारहरू सम्पन्न भएको जानकारी दिनुभयो।

मन्तव्यकै क्रममा उहाँले मालारानी गाउँपालिकाले आफ्ना नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइसकेको र अर्घाखाँची जिल्लामै ब्लड बैंक स्थापनाका लागि पालिका सधैं तत्पर रहने घोषणा समेत गर्नुभयो। उहाँले मानवीय सेवाको क्षेत्रमा रेडक्रसको ठूलो महत्व रहेको बताउँदै सबै वडावासीलाई संस्थाको सदस्यता लिएर आबद्ध हुन आह्वान गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दीपा पोख्रेल र वडा नम्बर २ का अध्यक्ष योगेन्द्रनाथ भुसालले मन्तव्य राख्दै वडालाई पूर्ण सरसफाइयुक्त बनाउन आगामी दिनमा पनि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। सोही अवसरमा सरस्वतीमाता माध्यमिक विद्यालयका विद्यार्थीहरूले सरसफाइ सम्बन्धी सचेतनामूलक गीत प्रस्तुत गरेका थिए। सामाजिक रूपान्तरणका लागि कतिपय अवस्थामा आउने आलोचनाको प्रवाह नगरी निस्वार्थ भावले खट्न अध्यक्ष भट्टराईले सबै सरोकारवालाहरूलाई हौसला प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार