ऐतिहासिक खाँचीकोट कालिका भगवती मन्दिरमा त्रयोदशी मेला र सराय नाचको तयारी पूरा

Ujyalosandeshonline 11165+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

अर्घाखाँची । ऐतिहासिक खाँचीकोट कालिका भगवती मन्दिरमा भोलि हुने त्रयोदशी मेला तथा सराय नाचको सम्पूर्ण तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। परापूर्वकालदेखि खाँचीकोट दरबारमा चल्दै आएको सराय नाचलाई भव्य र सभ्य बनाउनका लागि मन्दिरलाई बेहुली झैं सिँगारिएको छ ।

मेला अवलोकन गर्न टाढा-टाढाबाट भक्तजन तथा दर्शनार्थीहरू आउने अपेक्षा गरिएको व्यवस्थापन समितिले बताएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसीले भोलि खाँचीकोटमा हुने सराय नाचमा व्यवसाय गर्ने व्यवसायीहरूलाई ढुक्क भएर आफ्ना गतिविधि सञ्चालन गर्न सक्ने गरी सुरक्षा व्यवस्थापन लगायतका अन्य काममा पहल गरिएको जानकारी दिनुभयो। अध्यक्ष केसीले सम्पूर्ण भक्तजनहरूलाई भोलि मेलामा उपस्थित भई मेलाको अवलोकन गर्न आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार