मुख्य समाचार
एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा |

नीलगाईले दुख दिदा रौतहटका किसान चिन्तित

Ujyalosandeshonline 11567+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

रौतहट । रौतहटको दक्षिणी भेगमा किसानले लगाएको बालीमा नीलगाईले क्षति गरेको छ । नजिकको जंगल वा कासघारीमा लुकेर बसेका नीलगाईले गहुँ र दलहन–तेलहन बालीमा क्षति पु¥याउँदा कृषक चिन्तीत बनेका हुन ।

प्रायः साँझ र बिहान नीलगाईले बालीमा क्षती गर्ने गरेको किसान रामजि कलवारले बताए । उनका अनुसार कहिले काहीँ नीलगाई दिउँसो समेत खेत बालिमा देखा पर्छ । प्रत्येक बर्ष नीलगाईले विभिन्न बालीमा क्षति गर्दै आएको भएपनि अहिले सम्म उचित ब्यवस्थापन नभएको उनको गुनासो छ  ।

आफुले विभिन्न निकायमा खबर गरेपनी यसको सुनुवाइ नभएको उनले बताए ।अब नीलगाईका कारण खेतमा बाली लगाउन समेत मुस्किल भएको उनको भनाइ छ । आफुले करीब एक बिगाह खेतमा लगाएको गहुँ नीलगाईले क्षति गरेको उनको दुखेसो छ ।  लालबकैया र बाग्माती नादिको किनारमा यहाँका किसानको खेत छ । तर वन्यजन्तुका कारण अपेक्षा अनुसार उब्जाउ हुन नसकेको हो । यहा नीलगाई, बदेल र जङ्गली हातीले कृषि बालीमा क्षति गर्दै आएको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ । यस विषयमा वन कार्यलयले गम्भीर रूपमा लिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार