रुपन्देही प्रहरीद्धारा भन्सार छलेर ल्याइएको कुखुराको चल्ला र प्याज बरामद

Ujyalosandeshonline 11160+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको अवैध ब्रोइलर कुखुराको चल्ला र प्याज बरामद गरेको छ । प्रहरी चौकी मैनहियाबाट खटिएको टोलीले बिहीबार रोहिणी गाउँपालिका वडा नम्बर ७ स्थित लखनौतियाबाट ३५ कार्टुन (२ हजार १ सय वटा) कुखुराको चल्ला बरामद गरेको हो । 

भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी मूल्य १ लाख ६८ हजार रुपैयाँ बराबरको चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । बरामद गरिएको चल्ला आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बलहियामा बुझाइएको डीएसपी भट्टले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० बाट २८ बोरा (१ हजार ७ सय केजी) अवैध प्याज बरामद गरेको छ । 

डीएसपी भट्टका अनुसार भारतबाट नेपालतर्फ चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले अन्दाजी मूल्य ८५ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ । बरामद गरिएको प्याज आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार