मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

उल्लेखनीय काम गरेकै आधारमा कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी : प्रवक्ता डा. महत

Ujyalosandeshonline 11171+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे।

शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले नुवाकोट लगायत देशभर कांग्रेस नेतृत्वमै धेरै विकास भएको स्मरण गराउँदै आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणा समेत गरे । 

महतले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गरे ।  ‘मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरें । अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु ।’ उनले घोषणा गरे । उनले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्दै, पार्टीका नेताकार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार