मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

आहा रारा गोल्डकपमा आज जावलाखेल र थ्रीस्टार भीड्दै

Ujyalosandeshonline 12448+ समाचार ( )
१७ माघ २०८०, बुधवार

पोखरा । आहारारा पोखरा गोल्डकपमा आज जावलाखेल युथ क्लब र थ्रीस्टार क्लब खेल्दैछन् । २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार आमनेसामने हुन लागेका हुन् । 

खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार र जावलाखेल आहारारामा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् । २०६८ सालको क्वार्टरफाइनलमा यी दुई टोलीले पहिलोपटक मैदान साटेका थिए । पहिलो पटक सहभागी जावलाखेलले थ्रीस्टारलाई ३–१ ले पराजित गर्दै फाइनलसम्मको यात्रा गर्न सफल भयो । 

लगत्तै ११औं संस्करणमा २०६९ सालमा सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक मैदान उत्रिए । थ्रीस्टारले २–१ गोल अन्तरले जावलाखेललाई पन्छ्याउदै अघिल्लो संस्करणको हारको बदला लियो ।

आजको तेस्रो भेटमा सफल एक टोलीले उपाधि यात्रा तय गर्नेछ । थ्रीस्टारले हालसम्म आहाराराको ५ पटक उपाधि रक्षा गरिसकेको छ । जावलाखेल भने अहिलेसम्म उपाधिविहिन छ ।

क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई हराउदै सेमिफाइनलमा पुगेको हो । जावलाखेलले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार