मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त

Ujyalosandeshonline 11540+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

काठमाडौं । नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । लामो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका घिमिरेलाई युवा तथा खेलकुदमन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले प्रमुख आक्युत नियुक्त गरेका हुन् ।

मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रंजितलाई हटाउँदै घिमिरेलााई प्रमुख आयुक्त बनाएका हुन् । रंजितमाथि विभिन्न विवाद सिर्जना गरेको गैरकानूनी रूपमा नियुक्ति लिएर संस्था बिगारेको आरोप थियो ।

यस्तै, राष्ट्रिय सतर्कता केन्द्रले पनि रंजितको नियुक्ति कानुन सम्मत नभएको भन्दै उनको नियुक्ति बदर गर्दै नयाँ व्यक्ति नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन पश्चात मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गरेका हुन् ।

घिमिरेसँगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गरेका छन् । नियुक्त हुनेमा इन्दु सुबेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ छन् । यो नियुक्तिसँगै पछिल्लो समय नेपाल स्काउटमा बड़ेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार