मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नुपर्यो : प्रचण्ड

Ujyalosandeshonline 12437+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

झापा । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नु परेको बताएका छन् । झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् । 

सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा पट्टा दिने निर्णय उल्टाएको छ । सो मुद्दाको पुर्णपाठमा २०६१ सालमा सट्टा पट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ । 

अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ । जमिनको कारोबारमा रोक लगाएपछि त्यहा रहेका ५ सयभन्दा  बढी घरधुरी अन्यौलमा परेका छन् ।

उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामोसमय देखि कारोबार भईरहेको सो जमिनको बिषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड  बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् । उनले यिनै मुद्दा उठाउदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार