मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोडेका थिए । नेपाल पुलिस क्लबका दिनेश खरेलले पाँच विकेट र सागर ढकालले दुई विकेट लिएका थिए । 

जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले ३३ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा १६५ रन जोडेको थियो । नेपाल पुलिस क्लबको जितमा मोहम्मद आरिफ शेखले ८१ रन, रसिद खानको ७३ रन जोडेका थिए । कोशी प्रदेशका विपिनकुमार महतोले दुई विकेट र दीपेश कँडेलले एक विकेट लिएका थिए । आजको खेलमा नेपाल पुलिस क्लबका दिनेश खरेल ‘म्यान अफ दी म्याद’ घोषित भएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार