मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

मोटरसाइकल दुर्घटनामा परि मालपोत अधिकृतको मृत्यु

Ujyalosandeshonline 11540+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

भैरहवा । आईतबार राती भएको दुर्घटनामा मालपोत कार्यालय, मझगावामा कार्यरत मालपोत अधिकृत ४२ बर्षिय तिलक बहादुर रावतको मृत्यु भएको छ । 

आईतबार राती करिब पौने ९ बजे भैरहवाबाट बनगाई तर्फ गईरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार रावतको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख, ट्राफिक प्रहरी निरिक्षक बजिर सिंह विष्टका अनुसार दुर्घटना गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको गेट अगाडी भएको हो । घाईते अवश्थामा रहेका रावतलाई तत्काल उद्दार गरि सिद्धार्थनगर सिटी अस्पताल पु¥याईए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

बिमानस्थल गेट अगाडी बनगाई तर्फबाट आउने कतिपय सवारी साधन गल्लामण्डी पुग्नको लागि गलत साईडबाट हाक्ने गरेका छन् । छिटो पुग्न गरिने यस्तै प्रयासले त्यो क्षेत्रा दुर्घटना हुने गरेको छ । सोमबार भएको दुर्घटना पनि छिटो पुग्न गलत बाटो प्रयोग भएको कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ बस्ने ५३ बर्षिय अलाउद्दिन मुसलमान प्रहरी नियन्त्रणमा रहेको ट्राफिक प्रहरी निरिक्षक बजिर सिंह बिष्टले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार