मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु

Ujyalosandeshonline 12676+ समाचार ( )
१९ असार २०८१, मङ्गलबार

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्र्टुनिस्ट क्लबको सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मङ्गलवारबाट ‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु भएको छ । 

प्रदर्शनीको प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्मकुमार भुसाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलालगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए । 

उपकुलपति लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लानुपर्ने बताउँदै विपद् न्यूनीकरणसम्बन्धी सन्देश ग्रासरुटसम्म लैजान जरुरी भएको बताए । 

राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका बारे उजागर गरेको र प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताए । 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताए । 

साथै, उनले कलामार्फत मानव तथा प्रकृतिलाई बचाउन के–कस्तो भूमिका खेल्न सकिन्छ र यसलाई सामाजिक जागरणको अभियानमा कसरी लान सकिन्छ भनेर सोच्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् । 

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले यस्तो महत्त्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गरे । 

समारोहमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ प्राज्ञसभा सदस्य जुपिटर प्रधानलगायतको उपस्थिति रहेको थियो । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा सन्देशप्रवाह गर्ने उद्देश्यसहित गरिएको यस प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन, बासु क्षितिज, देवेन्द्र थुम्केली, केशव राज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रविन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डङ्गोल, सुजिता महर्जन, पल्पसा डंगोल, अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगंगा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुश, पान सिङ, गौरभ डङ्गोललगायतका कलाकारका कार्टुन, पोस्टर, चित्रकथा समाविष्ट छन् । कलाकृतिमा जलवायु परिवर्तन, बाढी, पहिरो, आगलागी, भूक्ष्य, गर्मीलगायतका विषय समेटिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार