मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘कला–संस्कृति संरक्षणका लागि महाविद्यालय स्थापनाको तयारी’

Ujyalosandeshonline 11564+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

काठमाडौं । नारायण गोपाल संगीत कोषका महासचिव तथा तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दीपक केसीले देशको कला संस्कृति संरक्षण गर्नका लागि महाविद्यालय खोल्ने तयारी भइरहेको बताएका छन् । 

स्वर किन्नरी तारादेवी श्रेष्ठको १८औं स्मृतिमा आयोजित श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रममा उनले महाविद्यालयको भवन निर्माण भइसकेको भन्दै त्यहाँ सम्पूर्ण कलाकारहरुलाई निःशुल्क रेकर्डिङ्, गाउने र सिक्ने व्यवस्था गर्ने बताए । 

उनले भने, ‘महाविद्यालय खोल्ने तयारी गरेर भवन निर्माण गरेका छौ । त्यहाँ कलाकारहरुलाई निःशुल्क रेकर्डिङ्को व्यवस्थादेखि गाउने र सिक्ने व्यवस्था गरिनेछ ।’

हरेक नागरिक र नेताले आफ्नो देशको कला, संस्कृति र सम्पदाको संरक्षण गर्न नसके अर्काको दासत्वातिर जानुपर्ने अवस्था आउने उनको भनाइ छ ।

उनले भने, ‘हामीले आफ्नो कला संस्कृति र सम्पदाको संरक्षण गर्न सक्दैनौ भने बुझ्नुस् त्यो देशकान ागरिक अर्काको दासत्वातिर अगाडि बढिसकेको छ । संस्कृति भनेको हाम्रो पहिचान हो, यसलाई संरक्षण गर्नु सक्नुपर्छ । नत्र हामी पनि नाश हुँदै जानेछौ ।’

कार्यक्रममा पुरस्कृत भएका वरिष्ठ संगीतकार दिपक जंगमले पुरस्कार प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यसले काम गर्न अझै हौसला प्राप्त हुने बताए ।

त्यसैगरी, वरिष्ठ गीतकार विश्वबल्लभले तारादेवीको प्रशंसा गर्दै तारादेवी स्वर सागरमात्रै होइन ‘स्वर सगरमाथा’ भएको बताए । पुरस्कृत वरिष्ठ गायिका तारा थापाले तारादेवीको सम्झना गर्दै उनी कलाकार अरु नभएको बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार