मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नेपाली वायुसेवा माथि लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह

Ujyalosandeshonline 12441+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् । शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् । 

मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कुटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे । उनले भने,‘नेपाल र ईयूबीच करीब पाँच दशकअघि कुटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं ।’

उनले ईयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिवन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरे । राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिवन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दै नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिए ।

उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानविन समितिबारे समेत उच्च सोचका साथ हेरिरहेको बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार