मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

कांग्रेसको निर्वाचन समितिलाई बर्खास्त गर्न जनसम्पर्क समिति क्यानडाको माग

Ujyalosandeshonline 11566+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको निर्णयविरुद्ध जनसम्पर्क समिति क्यानडाले खेद प्रस्ताव पारित गर्दै प्रतिसोधपूर्ण निर्णय गर्ने निर्वाचन समितिका पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेको छ ।

निर्वाचन समितिले २० फागुनमा जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बद्रीप्रसाद वली क्यानडियन नागरिक रहेको पाइएको भन्दै कांग्रेसको विधानबमोजिम वली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य नरहने निर्णय गर्दै पत्राचार गरेको थियो । 

तर जनसम्पर्क समिति क्यानडाले भने निर्वाचन समितिको सो निर्णयविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । बैठकले निर्वाचन समिति बर्खास्त गर्न माग गर्ने निर्णय गरेको जनसम्पर्क समितिका प्रवक्ता खुमजङ्ग बस्नेतले जानकारी दिए ।

‘कांग्रेस महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गरेको सांगठनिक प्रस्तावको ३१ औँ पेजको बुँदा ८ मा विदेशमा बस्ने नेपाली मुलका विदेश नागरिककाबारेमा प्रष्टसँग प्रस्ताव लिई सोको बारेमा व्यापक छलफल गरी आउँदो विधानमा स्पष्ट गर्ने भन्नेबारे महासमिति बैठक पास गरेको छ,’ बैठकपछि प्रवक्ता बस्नेतले भनेका छन्, ‘तर निर्वाचन समितिले हतारमा प्रतिसोधपूर्ण ढंगबाट गैरसंवैधानिक, अपमानजनकरुपमा गरिएको पत्राचार खारेज गर्ने, पत्रको भत्सना गर्ने र खेद प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ ।’

बैठकले जनसम्पर्क समितिका सभापति वलीलाई व्यक्तिगतरुपमा विभिन्न भ्रामक प्रचार र क्षति पु¥याउने काम भएको भन्दै क्षतिपुर्तिको व्यवस्था गर्न समेत माग गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार