मुख्य समाचार
मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम |

सिंजामा नेपाल र खस राज्यको नक्सा निर्माण हुने

Ujyalosandeshonline 12468+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

मुगु । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ को राईके डाँडामा नेपालको भौगोलिकता समेटिएको खस राज्यको नक्सा निर्माणका लागि शिलान्यास गरिएको छ । एक विशेष समारोहका बीच प्रतिनिधिसभा सदस्य विनिता कठायतको हातबाट नक्साको संरचना शिलान्यास गरिएको हो । 

शिलान्यास कार्यक्रममा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद कठायतले नेपालको नक्सा निर्माण मात्र नभइ भविष्यमा ऐतिहासिक खस राज्यको नक्सा पनि निर्माण गरिने जानकारी दिइन् ।

उनले भनिन्,‘भारतले महाभारतको नक्सामा नेपाल समेटेको देखिन्छ भने हामीले पनि खस राज्यको ऐतिहासिक नक्सा बनाउँदा भारतको भू–भाग समेट्दा किन नहुने ?’नेपालका बिभिन्न पर्यटकीय क्षेत्र रहेपनि नेपाली भाषा उत्पत्ति भएको कनका सुन्दरीलगायत पर्यटकीय क्षेत्रहरुको प्रचार प्रचार हुनुका साथै सिन्जा भित्रका इतिहास, धार्मिक, रितिरिवाज, भेषभुषा र रैथाने अन्नबालीको प्रचारमा थप टेवा पुग्ने समेत बताएकी छन् ।

उक्त निर्माण कार्य सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाबाट ठेक्का आव्हान गरिएको हो । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार परियोजनाको अनुमानित लागत एक करोड रुपैयाँ रहेको छ । निर्माण कार्यको जिम्मा ममता निर्माण सेवाले लिएको छ । 

परियोजना ऐतिहासिक, शैक्षिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुने स्थानीयको विश्वास छ । खस राज्यको राजधानी मानिएको सिंजा क्षेत्रमा यस्तो पहल हुनु आफैंमा गौरवको विषय भएको सिन्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए  ।  रारा जाने पर्यटकलाई पनि यसले आकर्षण गर्ने देखिन्छ । नक्सा निर्माणपछि क्षेत्रको पर्यटन प्रवद्र्धन र ऐतिहासिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा स्थानिय बासीहरुले गरिएका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार