मुख्य समाचार
डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन | कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह | पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन | कबुलियत गराएर भन्सार जाँचपास थालियो | शेरामा सडक स्तरोन्नति गरिँदै | आजको मौसमः लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना | हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने | एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने | राजविराज सडकको दुरावस्था |

एनपीएल : कर्णालीलाई पराजित गर्दै जनकपुर उपाधि नजिक

Ujyalosandeshonline 11196+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(विहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । बिहीबार भएको क्वालिफायर–२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको छ।

आजको खेलमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको थियो । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जनकपुरले १९ ओभरको खेलमा ८ विकेट गुमाएर जित हात पारेको हो । 

सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो। कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ सम्म आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार