मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा रु तीन करोड ५१ लाख ७२९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

निर्धारित समयभित्रै निर्माण सकिएको भवनको चाँडै शुभारम्भ गरेर प्रयोगमा ल्याउने तयारी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरञ्जीवीप्रताप महतोले जानकारी दिनुभयो । भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्षहरू छन् । स्थापनाकालदेखिनै सिङगा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हँुदै आएको थियो ।

आफ्नै भवन भएपछि नागरिकहरूलाई सेवा प्रवाह गराउन र कार्यालय सञ्चालन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । भवन निर्माणका लागि सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि राक्सेमा दुई रोपनी जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका थिए । सिङ्गा तातोपानी कुण्ड स्नानका लागि आएका बिरामीले तिर्ने प्रवेशशुल्कबाट सङ्कलन भएको रकमबाट जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका हुन् ।

यसअघि म्याग्दीमा जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका थिए । इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन ।  जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार