मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

Ujyalosandeshonline 12437+ समाचार ( )
६ माघ २०८२, सोमबार

सिरहा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार जिल्लाका चारवटा सङ्घीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने स्थानीय तहहरूमा निर्वाचनको तयारी तीव्र पारिँदै  मतदाता र मतदान केन्द्रको अन्तिम सङ्ख्या टुङ्गो लगाइएको हो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचन क्षेत्र नं १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कूल एक लाख ११ हजार ९४९ मतदाता र १३० मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्र नं २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कूल एक लाख १५ हजार ७६० मतदाता र १३६ मतदान केन्द्र कायम गरिएको छ ।

क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नं ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कूल एक लाख १९ हजार २५० मतदाता र १३६ मतदान केन्द्र तोकिएको छ भने ४ नं क्षेत्रमा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिलासहित एक लाख छ हजार ६८६ मतदाता र १२९ मतदान केन्द्र कायम गरिएको छ । सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार निर्वाचनलाई व्यवस्थित बनाउन चारवटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा ल्याइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार