मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

नेकपा माओवादी केन्द्रका विधान सम्मेलन आज

Ujyalosandeshonline 11564+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौंमा आजदेखि हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा विहान ११ बजे पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ३ दिनसम्म चल्ने सम्मेलनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहनेछ । 

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता रहन माओवादी केन्द्रको सचिवालयले जनाएको छ । 

सम्मेलनले पार्टीको विधान संशोधन गरी टुंगो लगाउनेछ । यसअघि उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा रहेको कमिटीले विधानको मस्यौदा तयार गरी स्थायी समितिले पारित गरिसकेको छ । 

माओवादी केन्द्रले रुपान्तरण अभियानमार्फत् देशभरिका नेता कार्यकर्ता समेतको भावना समेटेर विधानमा संशोधन गर्दै अघि बढ्न चाहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईले बताए । उनका अनुसार सम्मेलनले स्थायी समितिबाट तयार भएको विधानलाई पातिर गर्दै कार्यान्वयनमा लैजाने निर्णय गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार