शनिबार युवाहरु प्रधानमन्त्री निवास बालुवाटार घेर्दै

Ujyalosandeshonline 11586+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं । विभिन्न युवा अभियान्ताहरुको नेतृत्वमा ओली सरकारले भ्रष्टाचारी बचाउने खेलमा लागेको बताउँदै बालुवाटार घेराउ गर्ने उद्घोष गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी भोलि भदौ ८ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउमा सहभागि हुन आम जनतालाईसमेत आह्वान गरेका छन् ।

अभियान्ताहरु डा.निकोलश भूसाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, बिजय कँडेल, सोम शर्मा, समिरा पोखरेल, अर्जुन पौडेल, खेमराज साउदले ओली–देउबा गठबन्दनले भ्रष्टचारी बचाउन गरेको तिगडमविरुद्ध बालुवाटार घेराउन गर्न लागेको बताएका छन् ।

वक्ताहरुले बिहीबार राति ३ बजे सन्तोस राजावादी लगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफू, आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन ओली सरकार षड्यन्त्रका तानाबाना बुनिरहेको उनिहरुले आरोप लगाएका छन् । 

उनिहरुले ललिता निवास, भूटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार