मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

प्रधानमन्त्री कप क्रिकेट :
त्रिभुवन आर्मी क्लबको पराकिलो जित

Ujyalosandeshonline 11566+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १२८ रनले पराजित गरेको छ । २६३ रनको लक्ष्य पछयाएको कर्णाली ३७.१ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । 

आर्मीका बलर साहब आलम आज पनि चम्केपछि कर्णाली आर्मीको अगाडी निरिह देखियो । आलमले १० ओभरमा २ मेडेन सहित २८ रन खर्चिएर ३ विकेट लिए । यसै गरि सोमपाल कामी, आकाश चन्द कुशल मल्लले समान २/२ विकेट लिए । 

२६३ रनको लक्ष्य पछ्याउन मैदान छिरेको कर्णाली सुरु देखि नै दबाबमा देखिएको थियो । ओपनर रविन्द्र शाही र सुनिल धमला सस्तोमै पेभेलियन फर्केर दबाबमा आएको कर्णाली त्यस पछि भने खुलेर खेल्न सकेन । कर्णालीका प्रकाश जोशीले सम्हालिदै ईनिङलाई केही अगाडी बढाए पनि जित भने दिलाउन सकेनन । उनले ७२ बलको सामना गर्दै २ चौका र ४ छक्काको सहयोगमा अविजित ५० रन बनाउदा विपिन रावलले २३ रन र विपिन शाहीले १२ रन जोडे । कर्णालीका ६ जना ब्याट्स म्यान दोहोरो अंक समेत जोड्न सकेनन् । 

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएर आर्मीका तिर्थराज दास र विनोद भण्डारीले अर्धशतक बनाएक थिए । 

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामो आर्मीले आफ्नो दुई ब्याट्सम्यानको अर्धशतकको सहयोगमा ५० ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । आर्मीका ओपनर तिर्थराज दासले ८४ बलको सामना गर्दै १० चौकाको सहयोगमा ६९ रन बनाउदा कप्तान समेत रहेक  विनोद भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का हिर्काउदै ५६ रन बनाए । यसै गरि भिम सार्कीले ४० रन र बसीर अहमद ३६ रन प्रहार गरे । 

बलिङ्गमा कर्णाली प्रदेशका प्रकाश जैसीले १० ओभरमा ६४ रन खर्चिदै ४ विकेट लिए भने दिनेश अधिकारीले आफ्नो स्पेलमा ७४ रन खचिैदै ३ विकेट लिए । सुनिल धमलाले  २ विकेट  लिए । 

२ खेल खेल खेलेको आर्मीको टोली दुबैमा जित निकाल्दै ४ अंक सहित प्रतियोगिताको अंकतालिकामा शिर्ष स्थानमा रहेको छ भने २ खेल नै खेलेको कर्णाली १ वटामा जित र १ वटामा हार ब्यहोर्दै २ अंक सहित अंकतालिकामा छैठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार