मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

युद्धको मारमा खेलाडी : रुस र बेलारुस ओलम्पिकको उद्घाटन प्रदर्शनबाट वञ्चित

Ujyalosandeshonline 11540+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकूदमा युद्धको प्रभाव कस्तो हुन्छ भन्ने कुरा विश्व ओलम्पिकमा प्रस्टसँग देखिएको छ । फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विश्व ओलम्पिकको उद्घाटन समारोहमा रुस र बेलारूसका खेलाडीले प्रत्यक्ष सहभागिताको अवसर गुमाउनेछन् । उनीहरु दर्शकदीर्घामा बसेर बाँकी विश्वका खेलाडीको प्रदर्शन टुलुटुलु हेर्न विवश हुनेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले रुस र बेलारुसका खेलाडीहरुलाई उद्घाटनको परम्परागत परेडमा भाग लिन अनुमति नदिने भनेर हिजो मंगलबार निर्णय गरेको छ ।

पेरिस ओलम्पिक आगामी जुलाई २६मा सुरु हुनेछ । 

त्यसकै उद्घाटन समारोहमा हजारौं खेलाडीहरूले स्टेडियम भित्र हुने राष्ट्रिय टिमहरुको सामान्य परेडको सट्टा एफिल टावर तर्फ धेरै माइल (किलोमिटर) सम्म सेइन नदीमा नौका विचरण गर्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार, रूस र बेलारुसका खेलाडीहरूले तटस्थ रूपमा ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमतिमात्र पाएका छन् । उनीहरुलाई उद्घाटनको महत्वपूर्ण प्रदर्शनीमा प्रत्यक्ष सहभागी हुन अनुमति दिईएको छैन । 

युक्रेनमा जारी युद्धका कारण रुस र बेलारुसलाई ओलम्पिक खेलकुदमा प्रतिबन्ध लगाइएको छ र आईओसीले ती देशका व्यक्तिगत खेलाडीहरूलाई तटस्थ रुपमा भाग लिन पनि दुई चरणको परीक्षणको प्रावधान राखेको छ । ती खेलाडीहरूलाई पहिले उनीहरूको व्यक्तिगत खेलको परिक्षण र आईओसीको प्यानलको अनुमोदन आवश्यक पर्ने  भनिएको छ ।

तटस्थ एथलीटहरूले युक्रेनको आक्रमणलाई सार्वजनिक रूपमा समर्थन गरेको वा सैन्य वा राज्य सुरक्षा एजेन्सीहरूसँग सम्बद्ध हुनु नहुने आईओसीको शर्त छ । 

आईओसीले मङ्गलबार पेरिस खेलकुदका लागि रुसी राहदानी भएका ३६ तटस्थ खेलाडी र बेलारूसी राहदानी भएका २२ जनाले पेरिस खेलकुदका लागि योग्य हुने अपेक्षा गरेको छ ।

ती खेलाडीहरूलाई अगस्ट ११ को समापन समारोहमा भाग लिन दिइने वा नदिने भन्ने निर्णय पछिल्लो चरणमा निर्णय लिइने आईओसीले जानकारी दिएको छ ।तर ती तटस्थ खेलाडीहरूले जितेका कुनै पनि पदकलाई समग्र पदक तालिकामा सामूहिक रूपमा गणना नगरिने भएको छ ।

ओलम्पिक नेताहरू र रूसी खेलहरू बीचको तनावको अर्को स्रोतमा, आईओसीले मंगलबार निर्णय ग¥यो कि क्रेमलिन–समर्थित उमर क्रेमलेभको नेतृत्वमा अन्तर्राष्ट्रिय बक्सिङ संघ २०२८ लस एन्जलस ओलम्पिकको लागि बाउटहरू आयोजना गर्न संलग्न हुनेछैन ।

आईओसीले लस एन्जलस कार्यक्रमबाट बक्सिङ हटाउने धम्की पनि दियो जुन विश्वव्यापी राष्ट्रिय महासंघहरूलाई आईबीए र क्रेमलेभबाट टाढा राख्न चुनौती जस्तो देखिने बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार