त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

Ujyalosandeshonline 11545+ समाचार ( )
२ अशोज २०८२, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्नलायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३र२४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए ।

सुनुवाईपछि सर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार निराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, ताडफोड र लुटपाट का कारण सर्वोच्च अदालतको भौतिक संरचना, आइटीका उपकरणहरु र सवारीसाधनहरुमा निकै क्षति भएको भन्दै क्षतिको तथ्यांक निकाल्ने कार्यअझै भइरहेको बताए ।

यस्तै, उनले भौतिक संरचना नभएको कारण न्यायिक काम लाई रोक्नन मिल्ने भनेर फुलकोर्टबाट बन्दी प्रत्यक्षिकरण को रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भएपनि काम अगाडि बढाएको बताए ।

उनले भने,  ‘क्षतित भइहाल्योत र न्यायिक कामलाई रोक्न मिल्दैन् । फुलकोर्टबाट एउटा के निर्णय भयोभने बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्यायसम्पादनका कामहरुलाई अगाडि बढाउने पर्छ भन्ने छ । त्यो निर्णयअनुसार निवेदन दर्ता गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएका हौं । पालबाटै भएपनि हामीले काम गरिरहेका छौ ।’ साथै, हालसम्म देशभर सर्वोच्च अदालत लगायत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको पनि उनले जानकारी दिएका छन् ।

उनले भने,  ‘अहिले देशभर सर्वोच्च अदालत लगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको छ । क्षति भएको मध्य केही पूर्णरुपमा क्षति ग्रस्त छ भने केहीमा सामान्य रुपमा क्षति भएको छ । पूर्णरुपमा क्षति भएका अदालतको मुद्दालाई सबै जलेका छन् भने सामान्य क्षति भएका अदालतहरुका केही फाइलहरु बाँकी नै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छौ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार