मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मुकुल ढकाल पदमुक्त पार्टीको विधान बमोजिम हो : मनिष झा

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई साधारण सदस्य कायम राखेर महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार केन्द्रीय समितिको बैठकले निजलाई पार्टीको विधानको धारा ५६(३)बमोजिम पार्टीको पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको पार्टीका सह प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

उनले भने, ‘केन्द्रीय समितिमा भएको छलफलका आधारमा महामन्त्री एंव प्रवक्ता डा.मुकुल ढकालबाट पार्टीको आचारसंहिताको दफा ४, १ को क, ख, च, प र फ एंव दफा ४, २ को क, ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेत उल्लंघन भएको ठहर तथा सो बाट पार्टीलाई पुगेको क्षतीलाई हेर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखेर निजलाई पार्टीको विधानको धारा ५६(३)बमोजिम पार्टीको साधारण सदस्य कायम राखि पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो ।’

यसको साथै, उनले पार्टी विधान बमोजिम ढकालले केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय पनि गरिएको बताए । 

उनले भने, ‘यसको साथै पार्टी विधानको ५७ बमोजिम निज उपर केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिन सक्ने निर्णय गरियो ।’

रास्वपाको गत १९ गते बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन विपरित अस्वभाविक र पार्टी हित विपरित अराजनीतिक व्यवहार प्रदर्शन गरेको सन्दर्भमा महामन्त्री एंव प्रवक्ता डा.मुकुल ढकाललाई गरिएको निलम्बन गरेको थियो । त्यसको साथै, केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरि केन्द्रीय समितिमा बुझाउन निर्देशन पनि दिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार